Thursday, August 6, 2020


खगेन्द्र पराजुली, 
२२ साउन, नवलपुर । 

नवलपुरको मध्यविन्दुमा फरक फरक घटनामा हिजो बुधबार २ जनाको मृत्यु भएको छ ।  मध्यबिन्दु वडा नं ४ पनौतीमा खोलाले बगाउँदा एक पुरुषकोे मृत्यु भएको छ भने मध्यबिन्दु ६ मा एक महिला मृताअवस्थामा भेटिएकी हुन् ।

नवलपुर प्रहरीका अनुसार मध्यबिन्दु ११ का ४२ बर्षका मित्रबहादुर कुमाल पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।


मध्यबिन्दु ४ स्थित मनकामना ईट्टा उद्योगमा काम गर्दै आएका ती पुरुष खोलामा पौडी खेल्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

यस्तै, मध्यबिन्दु ६ की ४९ बर्षकी सीतादेबी पौडेल घरदेखी करीव २ सय मिटर पर वाटोको नजिक बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

हिजो नै ती महिलाको शव परीक्षण गरी दाहसंस्कार भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको समेत प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *