Friday, August 7, 2020


खगेन्द्र पराजुली,
२३ साउन, नवलपुर । 

दाउन्नेमा ट्रेलर पल्टिदाँ गुडिरहेको कार  च्यापिएको छ । आज शुक्रवार  बिरञ्जबाट बुटबलतर्फ जाँदै गरेको ट्रकको पछिल्लो टेलर मात्रै पल्टिदा बिपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट कार च्यापिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सुचना अधिकारी बिशाल तामाङले बताउनुभयो । 

वहाँका अनुसार अहिले स्थानीय र प्रहरी उद्धारमा जुटिरहेका छन् । प्रहरीले कारभित्र रुपन्देहीका दीपक चौधरी नाम गरेका ब्यक्ति हुनसक्ने जनाएको छ । कारभित्र च्यापिएका ती ब्यक्ति बोलेको सम्म जनाईएको छ । 

पुर्ब–पश्चिम मुख्यमार्गको नारायणगढ–बुटबल खण्ड अन्तर्गत बिनयी–त्रिबेणी २ दाउन्नेपट्टि ना ७ ख ३३२ नं. को ट्रकको टेलर सडकमै पल्टिएर घटना भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *