खगेन्द्र पराजुली,
२३ साउन, नवलपुर ।
शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ ।
पर्साका ४५ बर्षका पुरुषको पाटन अस्पतालमा, पर्साकै ७९ बर्षका पुरुषको घरमै, पर्साकै ७७ बर्षका पुरुषको गण्डक अस्पतालमा, सिराहाका २५ बर्षका पुरुषको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा र सर्लाही का एक पुरुषको पाटन अस्पताल पाटनमा निधन भएको छ ।
आज मृत्यु पुष्टि भएका पाँच जनासँगै कोरोना संक्रमणका कारण नेपालमा ७० जनाको ज्यान गुमेको मन्त्रालयले अद्यावधिक बिवरणमा समाबेस गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment