खगेन्द्र पराजुली,
२३ साउन, नवलपुर ।
दलदले मुण्डे सडकखण्डमा मोटरसाईकलले ठक्कर दिदा एक जना पुरुष गम्भीर घाईते भएका छन् । आज शुक्रवार साँझ साढे ७ बजे देबचुली १३ कैलाशचोक देखि १ सय मिटर दक्षिणमा लु १३ प ६९२७ नं. को पल्सर मोटरसाईकलले देबचुली १३ का ७० बर्षका बृद्ध पहलसिंह कामीलाई ठक्कर दिएको अस्थायी प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले जानकारी दिनुभयो ।
घाईते ती बृद्धलाई दलदलेस्थित राजु मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागी भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ ।
उनको हात–खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।
पैदल हिडेका कामीलाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको उक्त मोटरसाईकलले ठक्कर दिएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment