Friday, July 19, 2019


खगेन्द्र पराजुली
३ श्रावण, नवलपुर, 
नवलपुरमा एक जना बृद्धको सर्पको डसाईले ज्यान गएको छ । कावासोती नगरपालिका १७ का ६९ वर्षिय बुद्धिबहादुर थापाको आज (शुक्रवार)  बिहान उपचारका क्रममा मृत्यु भएको हो । 

बिहान करीव ५ वजेतिर शौच गर्न शौचालय जादाँ सर्पले डसेको हुन सक्ने परिवार स्रोतले अनुमान गरेको थियो । कावासोती स्थित कालीगण्डकी अस्पतालका डाक्टर छबिलाल थापाले उपचारका लागी अस्पतालमा ल्याइ पुर्याउन ढिलाई भएका कारण बिरामीलाई जोगाउन नसकेको बताउनुभयो । 

सर्प रोग बिशेषज्ञ समेत रहनुभएका टक्सिनोलोजिष्ट डा. थापाका अनुसार परिवारले बताएको रोगको प्रारम्भिक लक्षणमा शुरुमा सर्पको डसाईपछि बिषको मात्रा शरीरमा भिज्दै गएपछि भएको असजिलोलाई प्रेसरको आशंका गर्दा पछि झन् बिरामीलाई छटपटी बढ्न थालेपछि बिरामी आफैले खुट्टामा चोट लागेको वताएपछि हेर्दा सर्पले टोकेको घाउ देखेपछि मात्र अस्पतालमा ल्याउँदा बिरामी बेहोस अवस्थामा रहेको वताउनुभयो ।

डाक्टरका अनुसार  करीव २ घण्टापछि ७ बजे अस्पतालमा ल्याईएका बिरामी थापालाई सास फेर्न गाह्रो भईसकेको थियो । दाहिने खुट्टाको बुढी औंलामा ठूलो डाम र रगत बगेको थियो । श्वासप्रश्वासका लागी अक्सिजन दिदादिदै उपचारमा क्रममै बिरामीको मृत्यु भएको हो । 

६९ वर्षिय बृद्ध बुद्धिबहादुर थापालाई बिषालुमध्येको गोमन सर्पले डसेको अस्पतालले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *