Sunday, March 22, 2020



खगेन्द्र पराजुली
९ चैत्र, नवलपुर । 

जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक बाहेकका अन्य सेवाहरु २१ गतेसम्म स्थगन गरेपछि जिल्लास्थित २ नगरपालिकाले आजै सार्वजनिक सुचना निकाल्दै सेवा बन्द गरेका छन् । 

जिल्लाका गैडाकोट नगरपालिका र देबचुली नगरपालिकाले सरसफाई र स्वास्थ्य सेवासँग सम्वन्धित बाहेकका अन्य सेवाहरु चैत्र २१ गतेसम्मका लागी बन्द गरेका हुन् । 

बिश्वब्यापी बन्दै गएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन दुबै नगरक्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन र स्थितिलाई गम्भीर रुपमा लि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन आग्रह समेत गरेको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *