खगेन्द्र पराजुली,
२५ फागुन, नवलपुर ।
गएराती नवलपुरमा प्रहरीद्धारा चलेको गोली लागेर घाईते भएका मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षका जोगनारायण चौधरीको आन्द्राको अपरेशन भएको छ । तथापी उनको होश भने अहिलेसम्म नआएको मध्यबिन्दु २ का वडाध्यक्ष नारायण पौडेलले बताउनुभएको छ ।
हिजो रातीको समयमा नवलपुरको मध्यविन्दु २, कोल्हुवा चौराहामा मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा चौधरी घाईते भएपछि उनलाई उपचारका लागी अस्पताल पठाईएको र उनीसँगै रहेका मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, र १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको आज बिहान सबेरै जिल्ला प्रहरी कार्यालय नवलपुरले सम्पर्कमा आएका सञ्चारकर्मीलाई जानकारी गराएपनि आधिकारीक सुचना वा पत्रकार साक्षात्कार भने गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दीपक रेग्मीले कोल्हुवा प्रहरी चौकीका सई गंगाराम चौधरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेकोे दावी गर्नुभएको थियो । तथापी, आजै पक्राउ परेका सुरज महतो र मुन्ना महतोलाई प्रहरीले छोडेको छ ।
गस्तीमा रहेको टोलीले एउटा मोटरसाईकलमा ३ जना चढेर आएको देखेपछि रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेको र मोटरसाईकलले सइ चौधरीलाई लडाइर्, ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको प्रहरी जनाएको थियो ।
वडाध्यक्ष पौडेलका अनुसार आजै वडा कार्यलयमा थारु कल्याणकारीणी सभा नवलपुरका गणेशमान महतो वडा नम्वर ३ का वडाध्यक्ष सहित केही स्थानीय सहितको बैठकले घटनाको सत्यतथ्य छानबिनका लागी वडाध्यक्ष पौडेलको संयोजकत्वमा १९ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
वहाँले बिहान स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आएजस्तै ती स्थानीय ३ जना युवाले प्रहरीमाथी ढुंगामुढा प्रहार नै गरी प्रहरीलाई आत्मरक्षाका लागी गोली चलाउनुपर्ने अवस्था आएको भए र छानबिन तथा अनुसन्धानपछि दोषी भएमा प्रहरीमा उपस्थित गराउने शर्तमा गिरफ्तार भएका २ जनालाई तारेखमा रिहा गरेर ल्याएको बताउनुभयो ।
त्यस्तै, वडाध्यक्ष पौडेलले घाईते चौधरीको कोखा र गोडामा २ राउण्ड गोली लागेकोमा कोखाको अप्रेशन गर्दा ३ सेन्टिमिटर आन्द्रा काटीएको तर होश भने अझै आईनसकेको बताउनुभएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तथा एसपी दीपक रेग्मीले घाईतेको उपचारमा राज्यले सघाउने र अन्य बिषयमा जिल्ला प्रशासनसँग कोअर्डिनेशन हुने बताउनुभएको छ ।
प्रहरीले उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाईक पनि बरामद गरेको जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment