खगेन्द्र पराजुली,
७ चैत्र, नवलपुर ।
देबचुली नगरपालिकाको वडा नम्वर १२ मा क्वारेन्टाईन कक्ष स्थापना भएको छ ।
बिश्वब्यापी बन्दै गएको कोरोना भाईरसको संक्रमणको रोकथाम तथा कोरोना फैलिन नदिन भन्दै देवचुली १२ गैडीमा रहेको दिब्यज्योति आधारभुत बिद्यालयमा क्वारेन्टाईन कक्ष स्थापना गरिएको वडाध्यक्ष दिनानाथ भुसाल (दिनेश)ले जानकारी दिनुभयो ।
वहाँका अनुसार भारत लगायत अन्य मुलुकबाट फर्किएका नागरीकलाई १४ दिनसम्म अस्थायी रुपमा बनाईएको क्वारेन्टाईनमा राखि उनीहरुको स्वास्थ्य समेतको जानकारी राखी संक्रमणको कुनै लक्षण नदेखिएमा १५ औं दिनमा परिवारमा घुलमिल हुन पठाउने गरी कक्ष स्थापना गरिएको हो ।
वडाको बैठक बसी कोरोना रोकथाम तथा सचेतनाका लागी भन्दै २१ सदस्यीय समिति समेत गठन गरिएको बताउँदै वडाध्यक्ष भुसालले अहिले हालसालै बिदेशबाट आएकाहरुको तथ्याङ्क संकलन गरी त्यस्ता ब्यक्तिहरुलाई क्वारेन्टाईन कक्षमा बस्न आग्रह गरिएको बताउनुभयो ।
अहिले बिद्यालय बन्द भएपछि उपयुक्त स्थान बिद्यालय भएकाले अस्थायी रुपमै भएपनि प्रभावकारी हुने वडाध्यक्ष भुसालले अपेक्षा गर्नुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment