खगेन्द्र पराजुली,
५ बैशाख, नवलपुर ।
नवलपुरमा आज शुक्रवार १३ जनाको र्या्पिड टेष्ट भएको छ ।
आज परिक्षण भएका १३ जनाकै आरडीटीको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै नवलपुरमा २ सय २८ जनाको र्या्पिड टेष्ट भएको कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । हिजोसम्म नवलपुरमा २ सय १५ जनाकोे र्या्पिड टेष्ट भएको थियो ।
आज नवलपुरको गैंडाकोटका ५ जना, मध्यबिन्दुका ५ जना, बिनयी त्रिबेणीका २ जना र जिल्ला अस्पतालबाट १ जनाको आरडीटी भएको हो ।
परीक्षण भएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment