हरियाली सामुदायिक बन उपभोक्ता समिति मध्यबिन्दु र सि बि ए पि यु को सयुक्त आयोजनामा आइतवार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मध्यबिन्दु नगरपालीकाको बडा न ५ र ६ जंगलको खाली ठाउमा करिब २ बिघा क्षेत्रफलमा ३५० बृक्षहरु रोपिएको हो ।
कार्यक्रममा बोल्दै मध्यबिन्दु बडा न ५ का बडा अध्यक्ष नुमाकान्त पाठकले बृक्षारोपण कार्यक्रम मानब स्वाथ्यको लागि निकै आबश्यक अक्सीजन प्रदान गर्ने बोट बिरुवाको गोडमेल तथा बृक्षारोपण गर्नु सराहनिय कार्य भएको बताउनुभयो । उहाले बाताबरणीय सन्तुलन कायम राख्नको लागि बृक्षारोपण गर्नु अत्यन्त आबश्यक रहेको बताउनुभएको छ ।
यसैगरि न्यु हरियाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भिमसेन रायमाझीले आफुले रोपेको बिरुवालाई हुर्काउन प्रत्येक पटक यसै स्थामा गोडभेल तथा बृक्षारोपण गरेर रोपिएका बिरुवालाई हुर्काउने जिम्मेवारी बोध गरेको बताउदै रोप्नुमात्र ठुलो नभई रोपिएका बृक्षहरुलाई हुर्काउनु नै महत्वपूर्ण भएको बताउनुभयो ।
बृक्षारोपण कार्यक्रमको सुरुवात मध्यबिन्दु ५ का बडा अध्यक्ष नुमाकान्त पाठकले एक बिरुवालाई रोपि उद्घाटन गर्नुभएको थियो । कार्यक्रम न्यु हरियाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भिमसेन रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment