खगेन्द्र पराजुली
३२ असार, देवचुली,
३२ असार, देवचुली,
क्रोएसियालाई हराउँदै फ्रान्सले ४–२ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि दोश्रो पटक बिश्वकपको उपाधि चुमेको छ ।
खेलमा फ्रान्सले १८ औ मिनेटमा कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाका इभान पेरिसिकले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थिए ।
क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरको ह्याण्ड हुँदा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।यतिवेलासम्म फ्रान्स ४ र क्रोएसिया १ हुदा फ्रान्सेली किपरले गलत प्रहार गर्दा नजिकै रहेका क्रोएसियाका मारियो मान्जुकिजले ६९ औं मिनेटमा सान्त्वना गोल गरे । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment