सुस्ता ३० असार
नारायणी नदिमा एक बालक डुबेर बेपत्ता भएका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ पकलिहवा स्थित ठोकर न.५ बाट अन्दाजी १२ बर्षका बालक डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालक सुस्ता गाउँपालिकाको वडा न.५ बलिनगर बस्ने केश कुमार कुर्मीको छोरा बिसाल कुर्मी रहेका छन् । उनी नारायणी नदीमा दाउरा झिक्ने क्रममा नदिमा खसेपछि बेपत्ता भएका जनाईएको छ । बिशाल कुर्मीको शव खोजी कार्य भैरहेको र नारायणी नदीमा पानीको बहाब बढी भएको कारणले खोजी कार्य तत्काल परिणाममुखी हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिनु भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment