Thursday, August 9, 2018


खगेन्द्र पराजुली
देबचुली,२४ साउन, बिहिवार नवलपुर आउनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई एक औपचारीक कार्यक्रमका वीच स्वागत गरिएको हो । देवचुली नगरपालिकाका सभाहलमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई स्वागत गर्ने क्रममा प्रतिनिधि सभा साँसद तिलक महत एवं प्रदेश सांसद रोशन गाहा मगरको समेत उपस्थिति रहेको थियो । 
स्वागत, सम्मान एवं भेटघाट भनिएको कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष तिमिल्सिनाले अहिलेको सरकारले कुनै पनि स्थानीय सरकारलाई भेदभाव रहित ढंगले समानुपातिक रुपमा जनसंख्या र भौगोलिक आधारमा रहेर केन्द्रिय बजेट प्रदान गरिएकोले भ्रममा नपर्न आग्रह गर्नुभयो । वहाँले नवलपुर जिल्लाका लागी धेरै पूर्वाधारहरु खडा गर्नुपर्ने भएकाले अरु जिल्लामा भन्दा यस जिल्लामा तुलनात्मक रुपमा समेत बेसी वजेट परेको वताउनुभयो । 
प्रतिनिधि सभाका सांसद तिलक महतले अव अविलम्व गण्डकी प्रदेशको दक्षिणी नाकाको रुपमा रहेको त्रिबेणी भन्सार खुल्ने बतउनुभयो । साँसद महतले नवलपुरले आफ्नो प्रदेशका लागी खाद्यान्न पु¥याउने सामथ्र्य राख्ने दाबी गर्दै थुप्रै औधोगिक सम्भाव्यता र पर्यटकीय महत्व बोकेको जिल्लाको रुपमा परिचय दिनुपर्ने बताउनुभयो । वहाँले दुम्किवास त्रिबेणी राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले त्यसको जटिलतालाई समाधान गर्न सम्बाद भैरहेको जानकारी गराउनुभयो । 
प्रदेश सांसद रोशन गाहाले गण्डकी प्रदेशमा २ वर्षभित्रमा विजुली नपुगेका ठाउँहरुमा बिजुली र खानेपानी पु¥याउने लक्ष्यका साथ लागेको र राष्ट्रिय गौरव र प्रदेशले गर्नुपर्ने प्राथमिकताका एजेण्डामा पूर्ण परियोजना प्रतिवेदन (डिपीआर) अध्ययन निर्माण हुनेमा बिश्वस्त रहन आग्रह गर्नुभयो । 
स्वागत कार्यक्रमको अध्यक्षता गर्नुभएका देबचुली नगरपालिकाका उप मेयर पार्वता तिवारीले नवलपुरका अन्य नगर÷गाउँ पालिकाका तुलनामा आफ्नो नगरपालिकामा कन्द्रिय बजेट थोरै छुट्याएको महशुस भएको टिप्पणी गर्नुभयो । उप मेयर तिवारीले प्रदेश सडकका रुपमा जोड्ने उत्तर दक्षिण मार्गका रुपमा दलदले मार्गलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा अस्वस्थताका कारण मेयर उपस्थित हुन सक्नुभएन । कार्यक्रमको सहजीकरण देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान वहादुर खड्काले गर्नुभएको थियो भने स्वागत नगर कार्यपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले गर्नुभएको थियो । नगरपालिकाको भेटघाट लगत्तै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बारेमा संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी गराउनुभयो । छोटो समयमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यालय परिसरमा रहेको बोरिङको निरीक्षण पश्चात नव गठित खानेपानी संस्थाको उपभोक्ता तथा लेखाको पूर्ण समितिलाई समेत सम्वोधन गर्नुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *