Friday, September 14, 2018

खगेन्द्र पराजुली,
देवचुली, २९ भदौं ।
 गण्डकी प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा सभालाई सम्बोधन गर्दै परराष्ट्रमंत्री प्रदिप कुमार ज्ञवालीले अव यो मुलुकमा नत काँग्रेसको दुस्मन कम्युनिष्ट हो नत कम्युनिष्टको दुस्मन नै काँग्रेस हो भन्दै सबैको एउटा साझा दुस्मन समस्याको रुपमा रहेको गरिबी, अभाव र पछौटेपन भएको धारणा ब्यक्त गर्नुभयो । परराष्ट्रमंत्रीले गण्डकी प्रदेशकै पहिलो र नेपालको दोश्रो स्थानीय तहको रुपमा देबचुली नगरपालिकाको घोषणा सभामा बौल्दै बिकास भनेको भौतिक पूर्वाधार र  संरचनाका सूचकहरुको निर्माण मात्र नभएर मानवीय बिकास र त्यसमाथी पनि भबिश्यको जगको रुपमा रहेका वालबालिकाहरुको हक प्रत्याभूत गर्नु पनि बिकास नै भएको बताउनुभयो ।
शुक्रवार भब्य समारोहबीच घोषणा गरिएको बाल मैत्री स्थानीय तहको कार्यक्रममा संघीय साँसद तिलक महत, राष्ट्रिय सभा साँसद सत्यनारायण खनाल, प्रदेश साँसद ओमकला गौतम, जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आले लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना भनाई ब्यक्त गर्नुभएको थियो । 
देबचुली नगरपालिकाले नेपाल सरकारले तय गरेका ३९ वटा सुचक र नगरपालिकाले निर्माण गरेका अन्य ४ वटा सूचक गरी जम्मा ४३ वटा सूचकको मापदण्ड पूरा बिभन्न चरणका अनुगमनबाट प्रमाणित भएपछि बालमैत्री नगर घोषणा भएको हो । घोषणा समारोहको अध्यक्षता देवचुली नगरपालिकाका मेयर  तथा बालमैत्री स्थानीय शाशन नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो भने स्वागत देबचुली नगरपालिकाका उप मेयर पार्वता तिवारीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानवहादुर खड्काले गर्नुभएको थियो । 
स्मरण रहोस् , देवचुली नगरपालिका अन्तर्गतको साबिकको प्रगतिनगर गाविस देशकै पहिलो बालमैत्री गाविस हो । साविक प्रगतिनगर गाविस बि.सं. २०७० पुस ९ गते बालमैत्री गाविस घोषणा भएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *