खगेन्द्र पराजुली
१० जेठ, देबचुली
राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ आजवाट देबचुलीमा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । देवचुली नगरपालिकाको वडा नम्वर १४ जन ज्योति नमूना माबिको खेलमैदानमा आजवाट प्रतियोगिता शुरु भएको हो ।
देबचुली नगरपालिका आयोजक रहेको प्रतियोगिताको ब्यवस्थापकीय जिम्मेवारी जन ज्योति नमूना माबिले लिएको छ भने प्रतियोगिता सहितको खेलको संयोजन जिल्ला खेलकुद बिकास समिति नवलपुरले गरेको छ । आज बिहान एक कार्यक्रमकाबीच प्रतियोगिताको समुद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले खेलका माध्यमबाट बालबालिकामा समेत अनुशासित हुन मदत पुग्नुका साथै शारीरीक, मानसिक र बौद्धिक बिकास समेत हुने वताउनुभयो । वहाँले नगरपालिका खेलकुदका क्षेत्रमा पूर्वाधार बिकास गर्ने सन्दर्भमा समेत जुटिरहेको दावी गर्नुभयो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक बिद्यालय जन ज्योति नमूना माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेले गर्नुभएको थियो भने कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, नगर शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजाल ,नगरका बिभिन्न संघसंस्थाका प्रतिनिधि, सहभागी बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालिकामा संस्थागत र सामुदायिक सहित १६ माबि तहका बिद्यालय रहेकोमा १५ वटा बिद्यालयले खेलमा सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष पुरुष र महिला महिला बीचका भलिवल प्रतिस्पर्धा र एथलेटिक्सका एक दर्जन जसो खेलमा प्रतिस्पर्धा गराइने छ ।
बिहानी सत्रमा खेलाईएका छात्रा तर्फको भलिवलमा कालिका माबि बिशालटार र जन ज्योति नमूना माबि कैलाशचोकले जित निकालेका छन् । प्रतिस्पर्धामा कालिकाले भीमसेन माबि रामबासलाई २ का बिरुद्ध शुन्य को सोझो सेटमा पराजित गरेको हो भने नमूनाले नेपाल माबि केउरेनीलाई २ का बिरुद्ध शुन्य कै सोझो सेटमा हराएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment