Friday, May 24, 2019

खगेन्द्र पराजुली
१० जेठ, देबचुली
गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानूनमंत्रीले देवचुलीको हावाहुरी प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन् । शुक्रवार गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानून मंत्री हरिबहादुर चुवानले देबचुलीका सितावास, रामवास, मुण्डे, जनबस्ती लगायतका हावाहुरी प्रभावित परिवारका घरमै पुगेर प्राकृतिक बिपत्तिले पुर्याएको पीडाले आफु समेत दुखित भएको भावना ब्यक्त गरे । 

हावाहुरीले देबचुलीमा पुर्याएको क्षतिको खवर सुनेसँगै जनताको सुखदुख प्रत्यक्ष बुझ्न भन्दै अनुगमनका लागी आएको वताउँदै मन्त्री चुवानले हावाले पुर्याएको क्षति जति सुनेको थिएँ भौतिक रुपमा त्योभन्दा पनि धेरै प्रभाव परेको महशुस भएको छ उनले भनेका छन् । पोखरा फर्के लगत्तै यस बिषयका सन्दर्भका लागी क्याबिनेटको बैठक डाक्न पहल गरी प्रदेश सरकारले पिडितलाई सक्दो सघाउने बिश्वास दिलाएका छन् । मंत्री चुवानले यस्तो बेलामा दुख पर्दा पिडितले सरकारप्रति राखेको सहयोगको अपेक्षालाई प्रदेश सरकारको आफ्नो दायित्व र कर्तब्य ठान्दै स्थानीय सरकारले जति छिटो क्षतिको  रिपोर्ट पठाउँछ त्यति छिटो प्रदेश सरकारले सक्ने र अत्यावश्यक राहत उपलब्ध गराउने बताएका हुन् । 
मंत्री सहित संघीय साँसद तिलक महत, प्रदेश साँसद रोशन गाहा, नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, पूर्व संबिधान सभा साँसद कृष्ण पौडेल, देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वती तिवारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल लगायतले हावाहुरी प्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।  
मंगलवार आएको हावाहुरीले देबचुलीमा ४ सय घर, गोठ, ब्यवसायिक पोल्ट्री फर्म, बिद्यालय सहित सार्वजनिक संरचनामा क्षति पुर्याएको छ भने ३२ घर बस्नै नमिल्ने गरी पूर्ण क्षति भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *