खगेन्द्र पराजुली
देवचुली, ९ जेठ
प्राकृतिक प्रकोप र विपत्तिमा परेका देवचुलीबासीका लागी उद्धारका निम्ति नेपाल कम्युनिष्ट पार्टी नेकपा देवचुली नगर कमिटिले अभियान थाल्ने भएको छ । आज बसेको नगर कमिटिको आपतकालिन बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा मंगलवार आएको हावाहुरी सहितको असिना पानीले देबचुली नगरपालिकाका बिभिन्न भू–भागमा पुर्याएको क्षतिले पार्टीलाई समेत गम्भीर बनाएको जनाइएको छ ।
पार्टीले सञ्चालन गर्ने राहत संकलन अभियानमा देवचुली नगरपालिकाका पार्टी सदस्य, जनबर्गीय संगठनसग आवद्ध कार्यकर्ता, शुभेच्छुक शुभचिन्तक लगायतलाई अभियानलाई प्रभावकारी गराउन निर्देशन समेत दिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उद्धार र राहत संकलनमा नगरका युवा संघ र वाई सि एलका कार्यकर्ताले सहजीकरण मिलाउन भूमिका निर्वाह गर्न पनि निर्देशन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटिद्धारा जारी प्रेस बिज्ञप्तिमा हावाहुरी र असिनाका कारणले करीव ३ सय भन्दा बढी घर परिवार र १ दर्जन संघसंस्थाहरु प्रभावित भएको प्रारम्भिक तथ्याङ्क संकलन भैराखेको सन्दर्भमा हावाहुरी प्रभावितको यथार्थ बिवरण र क्षतिको यथासिघ्र मुल्यांकन गरी उचित राहत र क्षतिपुर्तिका लागी देवचुली नगरपालिका, प्रदेश सरकार र संघीय सरकार समक्ष जोडदार माग गरिन्छ बिज्ञप्तिमा अझै भनिएको छ यस क्षेत्रलाई प्राकृतिक प्रकोप बिशेष त हावाहुरी प्रभावित क्षेत्र घोषणा गरी बिशेष राहत क्षतिपुर्ति र अनुदानको ब्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा देवचुली नगर कमिटि जोडदार माग गर्दछ । बिज्ञप्तिमा सरकारी र गैह्र सरकारी क्षेत्रबाट प्राप्त सहयोग राहत र अनुदानलाई क्षतिको स्वतन्त्र मुल्यांकन गरी बितरणको ब्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
नगर कमिटि अध्यक्ष प्रेमा खनालको अध्यक्षतामा तथा नेकपा जिल्ला अध्यक्ष रोशन गाहाको प्रमुख आतिथ्यतामा दलदलेमा सम्पन्न बैठकले गरेका निर्णय समेत सार्वजनिक गर्दै बिज्ञप्तिमा लेखिएको छ जनप्रतिनिधि, पार्टीका तर्फबाट उम्मेदवार वनेका उपबिजेता र पार्टीका पदाधिकारीहरु हावाहुरी प्रभावित क्षेत्रका जनताको घरमा सहयोगका लागी अनिवार्य लाग्न, नगरपालिकाले तयार पारेको प्रभावितको सुचीमा कोही पनि नछुट्ने गरी पार्टी पंक्ति समेत परिचालित भएर सघाउने कार्यमा लाग्न निर्णय गरेको छ । नगर अध्यक्ष प्रेमा खनालकै संयोजकत्वमा र नगर सचिव डिलाराम पाण्डेको सह संयोजकत्वमा ३१ सदस्यीय राहत संकलन समिति समेत गठन गरेको छ भने आजैवाट सहयोग संकलन हुन थालेको जनाएको छ । हावाहुरी प्रभावित परिवारका लागी सहयोग गर्न पार्टीले नागरीक समाज र बिभिन्न संघसंस्थाहरुलाई समेत आग्रह गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment