Sunday, June 2, 2019

खगेन्द्र पराजुली
कावासोती, १९ जेठ
नवलपुरमा १० घण्टाभित्रमा ४ वटा छुट्टा–छुट्टै सवारी दुर्घटना भएका छन् । पूर्व पश्चिम मुख्यमार्गमा गएराती सवा आठ बजेदेखि आज आइतवार बिहान सवा ६ वजेसम्म भएका सवारी साधन दुर्घटनामा परी २ जनाको निधन भएको छ । मृत्यु हुनेमा कावासोती ८ टरुवाका ५० बर्षिय बम बहादुर श्रेष्ठ र सुर्खेत स्थित बिरेन्द्र नगरपालिका ६ कि १७ वर्षिया दिया थापा रहेका छन् । 

टरुवाका श्रेष्ठलाई शनिवार राती सवा ८ वजे कावासोतीको त्रिनेत्र पेट्रोल पम्प अगाडी राजमार्गमा पूर्ववाट पश्चिमतर्फ जादै गरेको लु १ ख ६७४७ नम्वरको ट्रकले ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कावासोतीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आजै बिहान सवा ६ वजे देवचुली नगरपालिका सिजी उद्योग नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको भे ९ प २१४६ नम्वरको स्कुटरलाई सोही दिशावाट आइरहेको ना. ६ ख ६५२५ नम्वरको ट्रकले ठक्कर दिदा स्कुटरको पछाडी सवार दिया थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । स्कुटर चालक ३४ बर्षिया नन्दा थापा सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । नन्दा र दिया आमाछोरी रहेको पनि जनाइएको छ । दुबै सवारी साधन र ट्रक चालक इलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा छन् ।
त्यस्तै आज बिहान २ः१० को समयमा देबचुली १४ छत्तिसघरमा पूर्ववाट पश्चिम जादै गरेको ना ७ ख ४६४ नम्वरको ट्रकले राजमार्गमा बिग्रेर रोकि राखेको ना ५ ख ७२४२ नम्वरको बसलाई पछाडीबाट ठक्कर दिदा बसका बसका चालक र सहचालक घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडकल कलेजमा उपचार भइरहेका छ । दुबै सवारी साधन र ट्रक चालकलाई अस्थायी प्रहरी चौकी दलदलेले नियन्त्रणमा लिएको छ । 
आजै बिहान सवा ४ वजे गैडाकोट १२ हर्कपुरमा भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन् । महेन्द्रनगरवाट बिरगञ्ज जादै गरेको ना ४ ख ९३५३ नम्वरको बस अकस्मात अनियन्त्रित भई सडक छेउमा पल्टिएका छ । घाइतेहरुलाई उपचारका लागी भरतपुर पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । बस चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *