Monday, June 3, 2019

खगेन्द्र पराजुली
देबचुली, २० जेठ
देवचुली नगरपालिकाले दिब्यनगर–मुक्तिक्षेत्र–जनबस्ती मित्र्युङ सडक कालोपत्रे निर्माण आयोजनाको निरीक्षण अनुगमन गरेको छ । आज देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ सहितको टोलीले सडक आयोजनाको अनुगमन गरेको हो ।

 देवचुली वडा नम्वर १२ मा तराई मधेस संमृद्धि कार्यक्रम अन्तर्गतको योजनाको १ करोड रुपैया,  नगरपालिकाको १० प्रतिसत सहित करीव १ करोड २५ लाख रुपैयाको लागतमा काम थालिएको सो सडकको ५० प्रतिसत काम सम्पन्न भएको छ ।
देवचुली नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष दिनेश भुसालका अनुसार ५ सय २३ मिटर लम्वाई रहेको सडक आयोजनामा ३ सय मीटर खण्डमा पर्खाल उठाईसकेको छ भने अहिले बाटोमा बेस रेडी गर्ने काम चलिरहेको छ । अध्यक्ष भुसालले अहिलेसम्म कालोपत्रे भएका स्थानीय सडकहरुमध्ये यो योजना नमूना योजना रहेको दावी गर्दै यसलाई वान वेको कन्सेप्टमा, सडकको विचमा डिभाइडर र डिभाइडरको वीचमा गार्डेन सहित वनाउन लागेको बताउनुभयो ।

"निर्माणाधीन सडक हाई वे कै गुणस्तरको हुने र अझ नमूना त वन वेको अवधारणा अनुरुप साढे २ मिटरको हाइट माथिबाट एकतर्फी बाटो र तलवाट अर्को वाटो जाँदा देखिन्छ"वहाँले भन्नुभयो । 
निर्माणधीन सडक बनेपछि प्रत्यक्ष रुपमा स्थानीय ८ सय ५० जनसंख्या लाभान्वित हुनेछन् । कामको ठेक्का पाएको भरतपुरको अर्मान कन्ट्रक्सनले असार २० गतेभित्रमा काम सम्पन्न गर्ने जनाएको छ । सो सडकमा ४ मीटर ८५ सेन्टिमिटरका दुइवटा बाटोको विचमा २ मिटरको गार्डेन सहितको डिभाइडर रहनेछ । 
अनुगमनका क्रममा देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल सहित नगरपालिकाको पूर्वाधार बिकास शाखा अन्तर्गतका प्राबिधिक, प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसाल, सचिव इन्द्रमणी भुसाल, सल्लाहकार तिलप्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो । 
सो आयोजना गत बैशाख ६ गते संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मंत्री लालबावु पण्डितले  शिलान्यास गर्नुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *