Monday, June 3, 2019

खगेन्द्र पराजुली
देबचुली, २० जेठ
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेस संमृद्धि कार्यक्रमका निर्देशक रामहरी शर्माले देवचुलीका ३ वटा आयोजनाको अनुगमन गर्नुभएको छ । 

आज निर्देशक शर्माले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्माणाधिन ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ओभरहेड ट्यांकी तथा डिप बोरिङ्,   देबचुली १२ को सडक आयोजना र देबचुली १ स्थित केउरेनी चोकदेखि दक्षिण नारायणी नदी दिब्य धामसम्म जाने बाटोको अनुगमन गर्नुभएको हो ।
 अनुगमनपछि वहाँले यहाँ सञ्चालित योजनाहरुको काम द्रुतगतिमा  कार्य सम्पादन भएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो ।
अनुगमनमा नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल सहित नगरपालिकाको पूर्वाधार बिकास शाखा अन्तर्गतका इन्जिनियर तथा प्राबिधिक, प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसाल, सचिव इन्द्रमणी भुसाल, सल्लाहकार तिलप्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो । अनुगमनमा सम्वन्धित वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *