Tuesday, June 4, 2019

खगेन्द्र पराजुली
देबचुली, २१ जेठ
देबचुली नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र बितरण गरिएको छ । आज (मंगलवार)वाट शुरु भएको अपाङ्ता परिचय पत्र बितरण कार्य भोली(बुधबार)सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

परिचय पत्र बनाउन भन्दै आएका अपाङ्गता भएका ब्यक्तिहरुमध्ये ३३ जनाले परिचय पत्र प्राप्त गरेका छन् । तिनीहरु अपाङ्गता भएका मानिसमा सुचीकृत समेत भएका छन् ।
३३ जनामध्ये ४ जना पूर्ण अशक्त अपाङ्गता भएकालाई रातो परिचयपत्र प्रदान गरिएको छ भने ११ जना आंशिक अशक्त अपाङ्तालाई निलो परिचयपत्र तथा ८ जनामध्यम अपाङ्गता भएकालाई पहेलो र सामान्य अपाङ्गता भएका १० जनालाई सेतो परिचय पत्र  प्रदान गरेको  देवचुली नगरपालिकाका शाखा अधिकृत जीबलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अपाङ्गता भएका र स्थानीय निकायमा दर्ता भै परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक २ हजारका दरले सुबिधा प्राप्त गर्न सक्नेछन् भने आशिंक अशक्त अपाङ्गता भएकाले मासिक ६ सय रुपैया भत्ता पाउँछन् । मध्यम तथा सामान्य अपाङ्गता भएकाले स्वास्थ्य, यातायात लगायतमा छुटको ब्यवस्था गरिए सँगै लोकसेवा लगायतका सरकारी जागिरका निम्ति लिईने परीक्षामा आरक्षण सहितको सुबिधा प्राप्त गर्न सक्नेछन् । 

सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुर्नस्थापना तथा अवसर समानिकरण गराउँदै बिकास प्रकृयाहरुमा समाबेशीकरण गराउन तथा राज्यद्धारा तोकिएको सेवा सुबिधा र अवसरको उचित ब्यवस्थापन गराउन अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र बितरण निर्देशिका जारी गरेको हो ।   


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *