खगेन्द्र पराजुुली
कावासोती, २२ जेठ
कावासोतीमा आजवाट तीन दिने सामाजिक जवाफदेहिता बिषयक तालिम शुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान, नगर बिकास प्रशिक्षण केन्द्र नदीपुर पोखरा र जिल्ला समन्वय समिति नवलपुरले संयुक्त आयोजनामा तालिम सञ्चालन गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा सामाजिक उत्तरदायित्वको जवाफदेहिता र पादर्शीताको बिषयमा नितिगत र सैद्धान्तिक पक्षमा क्षमता अभिवृद्धि गर्ने प्रशिक्षणको उदेश्य रहेको छ । आज भोली र पर्सी गरी ३ दिनसम्म चल्ने प्रशिक्षणमा अनुगमन, मुल्यांकन, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, सुशासन लगायतका बिधि, प्रक्रियाका वारेमा सिकाइने स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान, नगर बिकास प्रशिक्षण केन्द्रका प्रशिक्षण अधिकृत बुद्धिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
तालिममा आज जिल्ला प्रशासन कार्यालय नवलपुरबाट गृहमा सरुवा हुन लाग्नुभएका प्रमुख दीपकराज नेपाल, जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, प्रशिक्षण अधिकृत बुद्धि प्रसाद घिमिरेले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षणमा नगर बिकास प्रशिक्षण केन्द्र पोखराका निर्देशक हरिकृष्ण कोइराला तथा जिल्ला समन्वय समिति नवलपुरका समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले समेत तालिम दिनुहुनेछ ।
नवलपुरमा यो चरणको कार्यक्रममा ६ वटा मात्र स्थानीय तहलाई समेटेको वताउँदै यही कार्यक्रम बौदीकाली र वुलिङटारमा सोही ठाउँमा आयोजना गर्ने आयोजकले जनाएको छ । प्रशिक्षणमा ४० जना सहभागिहरु रहेका थिए ।
प्रशिक्षण केन्द्रले गण्डकी प्रदेशका सबै ८५ वटै स्थानीय तहमा तालिम आवश्यकता पहिचान गरेपछि प्याकेज निर्माण गरेर जनप्रतिनिधि र कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि गराउने गरेको प्रशिक्षण अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment