खगेन्द्र पराजुली
देबचुली, २२ जेठ
देबचुली नगरपालिकामा हिजोवाट थालिएको अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र बितरणमा ६८ जनाले परिचय पत्र प्राप्त गरेका छन् । हिजो (मंगलवार)वाट शुरु भएको अपाङ्ता परिचय पत्र बितरण कार्य आज(बुधबार) पनि सञ्चालनमा रह्यो ।
परिचय पत्र बनाउन भन्दै आएका अपाङ्गता भएका ब्यक्तिहरुमध्ये हिजो ३३ जनाले परिचय पत्र प्राप्त गरेका थिए भने आज ३५ जनाले परिचय पत्र लिएका छन् । आज सुचिकृत भएका ३५ जनामध्ये १ जनालाई पूर्ण अशक्त अपाङ्गताको रातो परिचयपत्र प्रदान गरिएको छ भने १६ जनालाई आंशिक अशक्त अपाङ्ताको निलो परिचयपत्र तथा १० जना मध्यम अपाङ्गताको पहेलो र सामान्य अपाङ्गता भएका ८ जनालाई सेतो परिचय पत्रमा सुचीकृत गरी परिचय पत्र बितरण गरेको देवचुली नगरपालिकाका महिला बिकास शाखाका पबित्रा चौधरीले जानकारी दिनुभयो । आज १६ जना महिला तथा १९ जना पुरुषले परिचय पत्र लिएका हुन् ।
तिनीहरु अपाङ्गता भएका मानिसमा सुचीकृत समेत भएका छन् । यो दर्तासँगै देबचुलीमा फरक फरक प्रकृतिका ६८ जना अपाङ्ता भएका ब्यक्तिको अभिलेखिकरण समेत भएको छ ।
अपाङ्गता भएका र स्थानीय निकायमा दर्ता भै परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक २ हजारका दरले सुबिधा प्राप्त गर्न सक्नेछन् भने आशिंक अशक्त अपाङ्गता भएकाले मासिक ६ सय रुपैया भत्ता पाउँछन् । मध्यम तथा सामान्य अपाङ्गता भएकाले स्वास्थ्य, यातायात लगायतमा छुटको ब्यवस्था गरिए सँगै लोकसेवा लगायतका सरकारी जागिरका निम्ति लिईने परीक्षामा आरक्षण सहितको सुबिधा प्राप्त गर्न सक्नेछन् ।
सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको हितको संरक्षण र संबद्र्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुर्नस्थापना तथा अवसर समानिकरण गराउँदै बिकास प्रकृयाहरुमा समाबेशीकरण गराउन तथा राज्यद्धारा तोकिएको सेवा सुबिधा र अवसरको उचित ब्यवस्थापन गराउन अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र बितरण निर्देशिका जारी गरेको हो ।
सरकारले यसअघि जेठ २३ गतेलाई सरकारी बिदा घोषणा गरेकाले हिजो र आज गर्ने भनिएको अभिलेखिकरण कार्य भोली पनि गरिने जनाइएको छ । आज सरकारी बिदा परेकाले सेवाग्राहीको मर्मलाई बुझ्दै भोली एकदिन थप गरिएको अपाङ्गता समन्वय समिति संयोजक देवचुली नगरपालिकाका उप मेयर पार्वती तिवारीले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment