Thursday, June 6, 2019

खगेन्द्र पराजुली
कावासोती, २२ जेठ
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले सडक दुर्घटना र लागु औषध ओसारपसार यहाँको गम्भीर चुनौती रहेको वताउनुभएको छ । 

संघीयता पछि नवलपरासीबाट बिभाजित भएर अलग्गै बनेको पूर्बी नवलपरासी जिल्लाको दोस्रो प्रहरी उपरीक्षकका हैसियतमा जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रमुख भई आउनुभएका पोख्रेलले यस क्षेत्रमा अत्याधिक हुने सडक दुर्घटना पहिलो र दोस्रोमा नजिकको भारतीय खुला नाकाका कारण देशकै बिभिन्न भागमा ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनाएर लागु औषधका कारोवारीले प्रयोग गर्दा गम्भीर चुनौती रहेको वताउनुभयो । 
बुधवार जिल्लास्थित क्रियाशील पत्रकारहरुसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा वहाँले जिल्लाभित्रका सानादेखि जघन्य प्रकृतिका घटना, अपराध, हिंसा, दुब्र्यवहार, यातना, दुरुपयोग, कार्यालयबाट प्रदान हुने सेवा प्रवाह (सर्भिस डेलिभरी), अपराध र अपराधीका पक्षमा हुन सक्ने सम्भावित राजनैतिक संरक्षण तथा दवाब, आर्थिक प्रलोभन एवं चलखेलका बिषयमा पत्रकारबाट आएका सुझाव संकलन गर्दै जवाफका क्रममा जघन्य अपराध अन्तर्गतका हत्या, जवरजस्ती करणी, एटेम्ट रेपमा कुनै पनि हालतमा अण्डरस्ट्याण्डिङ हुदैन कम्परमाइज हुदैन यो हजुरहरु सबैलाई थाहा छ यो मैले भनिरहनुपर्दैन वहाँले भन्नुभयो ।
 वहाँले यो वाहेक अलि सामान्य झै–झगडा कुटपिट, जुन सामान्य समझदारीमा मिलाउन सकिन्छ जसलाई मुद्धा चलाउन आवश्यक पर्दैन भन्नुभयो ।
 वहाँले प्रहरी प्रशासनमा सबैभन्दा वढी काम कारवाहीका दौरानमा आउने बिशेष दवावतिर संकेत गर्दै भन्नुभयो मलाई यहाँ तपाइहरुसँग भन्न मन लाग्यो ब्यक्ति ब्यक्ति झगडा गर्दिन्छ अनि त्यसपछि राजनैतिक रुप, राजनैतिक कलर, पोलिटिसाइज गर्दिन्छ यो बास्तवमा त्यति नगर्दिए हुन्थ्यो भन्ने बिचार मलाई लागेको कुरा हो ।
 वहाले प्रजातान्त्रिक परीपाटी भएको देश लोकतान्त्रिक देशमा आ–आफ्ना बिचार त होलान् तर जहाँ जे भएपनि अपराध गर्ने मान्छे अपराधी नै हुन्छ भन्दै त्यस्ता ब्यक्ति अपराधमा संलग्न भएकाहरुको हवाला दिदै मेरो ब्यक्ति हो मेरो आफन्त हो भन्नु आफुलाई सान्दर्भिक नलाग्ने वताउनुभयो ।
  वहाँले आफू कुनै पनि काममा दत्तचित्तका साथ लागेर नागरीकको शान्ति सुरक्षाका निम्ति हरदम खटिने बताउँदै हजुरहरुले भन्नुहोला प्राथमिकता के हो, तपाई यहाँ आउने बित्तिकै के काम गर्नुहुन्छ  भन्ने मनमा पनि लाग्या होला म यहाँहरुलाई यो भन्न चाहन्छु नेपालको संबिधान, प्रचलित ऐन कानून, प्रहरी नियम, प्रहरी नियमावली र यहाँका पूर्बी नवलपरासी जिल्लाका आम नागरीकहरुका चाहना, भावना अनुसार भ्वाइलेन्स बिरुद्ध काम गर्नेछु वहाँले भन्नुभयो ।
 प्रहरी–पत्रकार भेटघाट तथा अन्तरक्रियामा पत्रकारले सडक दुर्घटनामा भएको बृद्धिका बिषयमा, लागु औषध ओसारपसारको चुनौती, महिला बालबालिका तथा उपेक्षित, उत्पिडित समुदायमा हुने हिंशा, दुब्र्यबहार, यातना, दु्राचारमा गम्भीर हुन, राजनैतिक एवं चिनजानका दवाब, प्रहरी प्रशासनकै प्रत्यक्ष संरक्षणमा नदी खोलाजन्य सामाग्रीको दोहन भएको भन्ने जनताबाटै आएको गुनासो, प्रहरी प्रशासनबाट प्राप्त हुने सेवामा समेत ढिलासुस्ती हुने गरेको, जनताबाट अझै पनि प्रहरीमा न्याय पैसामा सौदाबाजी हुन्छ भन्ने गुनासो आएको लगायतका सुझाव दिएका थिए ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *