Thursday, June 6, 2019

खगेन्द्र पराजुली
कावासोती २३ जेठ

जवसम्म कृषिलाई नितिगत रुपमा कार्यान्वयन तहसम्म पुर्याइदैन तवसम्म संमृद्धिको यात्रामा अगाडी बढ्न नसकिने हुँदा कृषिलाई बास्तबिक उत्पादनमुखी बनाउनैपर्ने बेला आएको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको भनाई रहेको छ । 
गैंडाकोट नगरपालिकाले ५० प्रतिसत अनुदानमा कृषि यन्त्र हस्तान्तरण गरेपछि  संक्षिप्त प्रतिक्रिया दिदै मेयर पौडेलले आगामी बर्षको योजना तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई बेसी महत्वमा राख्दै बजेट बन्ने समेत खुलासा गर्नुभयो । 


कृषिलाई आधुनिकीकरण गर्दै प्रबिधि र  यन्त्रको उपयोग गरेर कृषकलाई उत्पादनसँग जोड्ने अभिप्रायका साथ आज नगरपालिकाको ५० प्रतिसत अनुदानका  ११ वटा कृषि यन्त्र कृषक एवं कृषि समुहलाई बितरण गरिएको हो । बितरित मेसिनमध्ये ३ वटा धान काट्ने मेसिन र ८ वटा जोत्नलाई प्रयोग गरिने हाते ट्याक्टर रहेका छन् । 
नगरपालिकाको ५० प्रतिसत र कृषकको आफ्नै ५० प्रतिसत मूल्यमा ल्याइएको हाते ट्याक्टर गैडाकोटका पहाडी गाउँ वडा नम्वर ३, १८ र १४ का ढोडेनी, रतनपुर र आहालेका किसानलाई हस्तान्तरण गरिएको हो भने धान काट्ने मेसिन गैडाकोट नगरपालिकामा दर्ता भएकामध्येका ३ वटा कृषि समुहलाई प्रदान गरेको गैंडाकोट नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


गैंडाकोट नगरपालिकाले गत साल कृषि सहकारी संस्थासँगको सहकार्यमा तरकारीमा उत्पादनमुखी प्रयोजन भन्दै  हाते ट्याक्टर हस्तान्तरण गरेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *