खगेन्द्र पराजुली
नवलपुर, २ असार ।
नेपाल पत्रकार महासंघ नवलपुरमा जिल्लास्थित पत्रकारका विभिन्न पेशागत संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । आज जिल्लाका प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्चका प्रमुख एवम् प्रतिनिधिहरुको संयुक्त टोलीले महासंघ अध्यक्ष होमराज रानाभाटलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रेस चौतारीका जिल्ला सचिव सागर पोख्रेल, प्रेस सेन्टर जिल्ला अध्यक्ष अर्जुन अबिरल, क्रान्तिकारी पत्रकार महासंघ जिल्ला अध्यक्ष लोकनाथ पंगेनी, डब्लुडब्लुजेका उपाध्यक्ष ज्ञानु पंगेनी, फोनिज नवलपुरका रेमु थापा, वातावरण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोईरालाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले वितरण गर्ने नयाँ सदस्यताको सन्दर्भमा सूचना पारदर्शी ढंगले प्रकाशन नगरिएकोले सदस्यता वितरणको म्याद थप गर्नु पर्ने, सदस्यता शुल्क श्रमजीवि पत्रकारको ढाड भाँच्ने गरी एकल ढंगले निर्धारण गरि चार हजार रुपैया कायम गरिएकोमा सो तत्काल फिर्ता गर्नु पर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाएर सोही अनुरुप गर्न ध्यानाकर्षण गराउने , त्यसैगरीे नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको÷नभएको कारण सातादिन भित्र महासंघको हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्न अनुरोध गर्ने , नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था सरकारी कार्यालयसँगबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले हालसम्म कहाँकहाँबाट के कति रकम उठाएको हो सो को सार्वजनिक गर्नु पर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने गरिएकोमा सो रकम कहाँ कुन वित्तिय संस्थामा राखिएको छ, सोको जानकारी गराउनु पर्ने लगायतका माग सम्वोधन गर्न ज्ञापन पत्र बुझाएको छ ।
संयुक्त ज्ञापन पत्र बुझ्दै महासंघ अध्यक्ष होमराज रानाभाटले ज्ञापन पत्रमा आएका मागहरु सान्दर्भिक भएकोले कार्यसमितिको बैठक वसी निकास निकाल्ने बताउनुभयो । वहाँले भन्नुभयो साथीहरुले ल्याउनुभएका कुरा अत्यन्त संबेदनशील छन् , तपाईहरुलाई म धन्यवाद दिन्छु । अव छिट्टै महासंघको बैठक बसी कसरी जाने भन्ने बिषयमा फेरी पनि बसेर टुंगोमा पुर्याउँला ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment