खगेन्द्र पराजुली
देबचुली, ४ जेठ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालीका १४ छत्तीसघरे स्थित विधुत सवस्टेशन अगाडी सवारी दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।
मंगलबार राती साढे ९ बजेको समयमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना३ ख ९८३ नम्बरको फलामको पाइप लिएर आएको दसचक्के ट्रक र बिपरीत दिशाबाट खाली आउदै गरेको आरजे २७ जिबि ४१३३ नं. को भारतिय ट्रेलर एक आपसमा ठक्कर खादा ट्रकमा सवार २ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भारतीय लहरीका चालक भारत राजस्थान टोक जिल्ला, थण पञ्चायत वडा नम्वर ३ का ३१ वर्षिय लेकराज चौधरीको हातखुट्टा र शरीरका बिभिन्न अंगमा चोट लागेको छ भने अर्को ट्रकका चालक बारा जिल्ला, जितपुर २ का ४० पर्षिय पदम धितालको समेत हातखुट्टा र शरीरका बिभिन्न अंगमा चोट लागेको छ त्यस्तै नेपाली ट्रककै सहचालक जितपुरकै १६ वर्षिय रोहित बुढाथोकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
घाइतेहरुको अहिले भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । दुबै सवारी साधनका चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै करीव २ घण्टा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत दुर्घटना स्थलमा सवारी साधन अवरुद्ध भएको थियो । प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरी जेसिभीको मदतबाट दुबै सवारी साधनलाई सडकवाट साइड लगाई बाटो सुचारु गरिएको हो ।
प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ भने स्थानीयले घटनास्थल नजिक रहेको चन्द्रदिप पेट्रोलपम्प अगाडी मुख्य मार्गको किनारा भत्किएको ठाउँमा मंगलवार दिउँसो परेको पानी जम्मा भएकोले ठूलै खाडल भन्ठानी रातीको समयमा किनारा छल्न खोज्दा झुक्किएको बताएका छन् ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment