देवचुली, ४ असार
नवलपुरमा सुरु भएको विद्यालय स्वास्थ्य कार्यक्रम आज देवचुलीमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय तहमा संचालन हुने कार्यक्रम असार १ गतेदेखि नवलपुरको श्री कृष्ण गण्डकी मा वि गैंडाकोटदेखि सुरु गरी आज भीमसेन आदर्श मा. वि. संचालन गरिएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा स्वास्थ्य महाशाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक दीपक चापागाईंले जानकारी दिनुभयो ।चापागाईंका अनुसार विद्यार्थीलाई सर्किनु ,हृदयघात, रक्तस्राव ,बेहोस हुनु, फोक्सो मुटु बन्द भएको अवस्थामा गरिने प्राथमिक उपचार सम्बन्धी जानकारी तथा प्रयोगात्मक अभ्यास गराई १ जनाबाट कम्तीमा ५ जनाको जीवन बचाउन सकिने भएकाले विद्यार्थीहरुलाई यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम भीमसेन आदर्श मा. वि. का शिक्षक अभिभावक संघ अध्यक्ष बलिराम सापकोटाको अध्यक्षता ,देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता र नवलपुर स्वास्थ्य प्रमुख खेम के. सी., सामाजिक विकास मन्त्रालयका प्रतिनिधि दीपक चापागाई ,देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पराजुली ,भीमसेन आदर्श मा. वि. का सहायक प्रधानाध्यापक अग्निधर भुसालको आतिथ्यता सम्पन्न भएको थियो ।
डा. महोमद वासिम अन्सारीले सहजीकरण गर्नुभएको कार्यक्रममा ९२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment