Thursday, June 20, 2019

खगेन्द्र पराजुली 
कावासोती, ५ असार,
गत असार १ गते स्कुटरमा चढेर आएकि युवती नारायणी नदीमा हामफालेको घटना सेलाउन नपाउँदै आज फेरी एक महिला नारायणीमै हाम फालेर बेपत्ता भएकी छन्  ।  

भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ बर्षिया विमला कुमाल विहान करीव  १०ः३० बजे नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् । पुलमा उनले छाडेको झोलामा रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको चेकबुकका आधारमा पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  वेपत्ता महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
त्यस्तै आजै नवलपुरस्थित त्रिबेणी ब्यारेज पुलबाट हाम फालेर आत्म हत्याको प्रयास गर्न खोज्ने एक बृद्धलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

रुपन्देही जिल्ला सिहारी १ का ७० बर्षिय तीर्थ अर्यालले घरायसी सामान्य बिबाद पछि उक्त प्रयास गरेको प्रहरीले जनाएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *