Friday, June 21, 2019

खगेन्द्र पराजुली
कावासोती, ६ असार
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत नवलपुरमा सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् । आज शुक्रवार मध्यविन्दुस्थित चालिस किलोमा बस र ट्रक आपसमा ठोक्किएर  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

पश्चिमवाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३५७२ नम्वरको वस र ना ५ ख ६५० नम्वरको ट्रक आपसमा ठोक्किएका हुन् । घाइते सातै जनालाई उपचारका लागी मध्यबिन्दु अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ । 
दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले फरार चालकको खोजी कार्य भैरहेको र घटनाको अनुसन्धानमा प्रहरी लागेको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *