खगेन्द्र पराजुली
कावासोती, ६ असार
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत नवलपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । आज शुक्रवार मध्यविन्दुस्थित चालिस किलोमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाङवाट काठमाण्डौतर्फ जादैं गरेको ना ६ ख ३५७२ नम्वरको वस र ना ५ ख ६५० नम्वरको ट्रक आपसमा ठोक्किएका हुन् । घाइते ११ जनामध्ये मध्यम घाइते ८ जनालाई उपचारका लागी भरतपुर लगिएको छ भने सामान्य घाइते ३ जनाको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले फरार चालकको खोजी कार्य भैरहेको र घटनाको अनुसन्धानमा प्रहरी लागेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment