राजु चापागाई
देवचुली, ६ असार
खानेपानी सरसफाई तथा स्वच्छता तालिम देवचुलीमा सम्पन्न भएको छ । देवचुली नगरपालिकाको समन्वयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास ) को आयोजनामा देवचुली नगरपालिकाको वाड न ६,७,८ र ९ मा रहेका विद्यालयका विद्यार्थी ,अभिभावक तथा शिक्षकहरुका लागि भीमसेन आदर्श मा. वि. मा तालिमको आयोजना गरिएको हो ।
विद्यालयहरुमा खानेपानी तथा सरसफाईको अवस्था जानकारी लिने , खानेपानी सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्नुका साथै सरसफाइ सम्बन्धि जनचेतना जगाउने उद्देश्यले असार ४ देखि ६ गतेसम्म तालिमको आयोजना गरिएको परियोजना संयोजक प्रवीण घिमिरेले बताउनुभयो ।
आज विद्यालयमा फोहोरमैला व्यवस्थापन , सुरक्षीत पिउने पानीको व्यवस्था , महिनावारी शिक्षा, सफा शौचालयका विषयमा छलफल गरी विद्यालय खानेपानी तथा सरसफाइ कार्ययोजना २०७६ निर्माण गरिएको सहभागी मनकामना आधारभुत विद्यालयका प्रधानाध्यापक धनमाया कडेरीयाले जानकारी दिनुभयो ।
तालिमलाई सरसफाई तथा स्वच्छता विज्ञ चन्द्र विष्टले सहजीकरण गर्नुभएको थियो । प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी ,२ जना शिक्षक र १ जना विद्यालय व्यवस्थापन समिती सदस्य सहित ५ विद्यालयका २५ जनाको सहभागिता रहेको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment