देवचुली, ६ असार
आज बाल अधिकार, यसको ऐतिहासीक पृष्ठभुमी, कानुनी प्रावधानहरुको बारेमा दिपक शर्माले बालक्लवको व्यवस्थापन र माईन्युट लेखनको बारेमा देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत अविनाश पन्थी र बालमैत्री स्थानीय शासन र यसको अवधारणाको तथा बालक्लवले खेल्न सक्ने भुमिकाको बारेमा बालमैत्री परामर्शदाता खिमानन्द भुसालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा, विद्यालय, र समुदायमा रहेका बालक्लवका ६० जना पदाधिकारीहरुको सहभागिता रहेको छ । संस्थाले देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा घोषणा पश्चात यसको दिगोपनाका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
वडास्तरका बालक्लवका पदाधिकारीहरुको क्षमता अभिबृद्धीको लागि २ दिने तालिम कार्यक्रम देवचुलीमा सुरु भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा देवचुली नगरपालिका वडा नंं. १४ को आर्थिक सहयोगमा आयाजित कार्यक्रम आजवाट शुरु भएको हो ।
२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा बाल अधिकार, बालमैत्री स्थानीय शासनको अवधारणा, सुचकहरु, बालक्लवको व्यवस्थापन, बैठक सञ्चालन, माईन्युट लेखन, नेतृत्व विकास, उद्घोषण एवम भाषणकला लगायतका विषयमा तालिम सञ्चालन गर्ने जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।
आज बाल अधिकार, यसको ऐतिहासीक पृष्ठभुमी, कानुनी प्रावधानहरुको बारेमा दिपक शर्माले बालक्लवको व्यवस्थापन र माईन्युट लेखनको बारेमा देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत अविनाश पन्थी र बालमैत्री स्थानीय शासन र यसको अवधारणाको तथा बालक्लवले खेल्न सक्ने भुमिकाको बारेमा बालमैत्री परामर्शदाता खिमानन्द भुसालले प्रशिक्षण दिनुभएको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment