खगेन्द्र पराजुली
कावासोती, ७ जेठ
नेपालका राजनैतिक शक्तिहरुलाई ३ प्रकारमा बिभाजन गर्दै आफूहरु नै सर्वहारा वर्गको प्रतिनिधि संगठन भएको नेपाल कम्युनिष्ट पार्टी मसालले दावी गरेको छ ।
नेकपा मसालको सम्पन्न आठौ महाधिबेशनको प्रतिवेदन आज नवलपुरमा घोषणा गर्दै नेपालको सन्दर्भमा नेपाली काँग्रेस, राप्रपा र मधेशबादी संगठनहरु दुश्मनशक्ति भएको ठहर गरेको छ । मसालले यी दलहरुलाई सामन्त, र दलाल नोकरशाही पूँजीपति वर्ग नयाँ जनबादी क्रान्तिका दुश्मन शक्ति भएको निष्कर्ष निकालेको छ भने पार्टीले क्रान्तिकारी माओवादी, नेकपा बिप्लव, नेमकिपा, नेकपा माले, र नेपाल कम्युनिष्ट पार्टी नेकपालाई बर्गिय र रणनितिक दृष्टिकोणले मित्रशक्ति मानेको छ ।
आठौ महाधिबेशनले राजनितिक शक्तिहरुको बिश्लेषण गर्दै मित्रशक्तिहरुसँग एकता–संघर्ष–एकता र दुष्मन शक्तिसँग संघर्ष–एकता–संघर्षको नीति अवलम्वन गर्ने भएको छ । कार्यगत एकतालाई भने द्धन्द्धात्मक ढंगले कार्यान्वयन गर्नुपर्ने महाधिबेशनले निचोड निकालेको छ ।
अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यबाद नेपाली जनता र क्रान्तिका दुश्मन शक्ति रहेको उल्लेख गर्दै देशको राजनितिक स्थितिमा हुने परिवर्तन अनुसार अमेरिका र भारतमध्ये मुख्य दुश्मनको निर्णय गर्दै जानुपर्ने महाधिबेशनको दिशा निर्देशन रहेको निष्कर्ष निकालेको छ ।
नेकपा मसालले नवलपुर लगायत ७२ जिल्लामा आजै आठौं महाधिबेशनका पार्टीका धारणा घोषणा गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै बिश्व कम्युनिष्ट आन्दोलन, सातौ महाधिबेशन यताको राजनैतिक परिस्थितिको मुल्याङ्कन, राजनैतिक शक्तिहरुको बिश्लेषण, तात्कालिक राजनीतिक परिस्थिति र तात्कालिक ठोस कार्यक्रम सहितको ४२ बुदाँमा समेटिएको प्रतिबेदन घोषणा गरेको हो ।
पार्टीले निकालेको तात्कालिन राजनैतिक परिस्थितिको निष्कर्षमा तत्काल नेपालमा सशस्त्र संघर्ष वा जनयुद्ध शुरु गर्न सक्ने अवस्था नरहेकोले शान्तिपूर्ण जनआन्दोलन नै अहिलेको संघर्षको प्रधान पक्ष हुने उललेख गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment