Tuesday, June 25, 2019

नवलपुर, १० असार
नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । बिप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 
पक्राउ परेका सोनाममाथी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
यस्तै नवलपुरमा गएराती अज्ञात समुहद्धारा कावासोती नगरपालिका वडा नम्वर १५ अमलटारीको बाघखोरमा सरकारी गाडीमा आगजनी गरेको छ । 
कावासोती नगरपालिकाको लु १ झ ३२१ नम्वरको स्कारपियोमा आगजनी भएके जिल्ला प्रहरी कार्यालय नवलपुरका डि एस पी एवं सुचना अधिकृत अर्जुन रानाभाटले बताउनुभयो ।  वहाँका अनुसार रातको अन्दाजी साढे १ बजे अज्ञात समुहद्धारा सुतरीको बोरामा पेट्रोल छर्की आगजनी गर्दा गाडीको पछाडीको भागमा सामान्य क्षति पुगेको छ । कावासोती नगरपालीकाका उप मेयर प्रेमशंकर मर्दनियाले आफ्नै घरअगाडी राखिराखेको गाडीमा आगजनी भएको हो ।
 स्थानीयलाई उधृत गर्दै प्रहरीले नम्वर नखुलेको मोटरसाईकलमा आएका २ जनाले घटना घटाएको बताईएको छ । 
उपमेयर मर्दनियाकाले आज हुने कावासोती नगरपालिकाको नगर सभाको पूर्व तयारीका लागी राती अवेरसम्म ब्यस्त रहेकोले र चालक बिरामी भएकाले आफूले गाडी लिएर गएको बताउनुभयो । अहिले गाडी प्रहरी चौकी कोल्हुवाको नियन्त्रणमा राखिएको र घटनामा संलग्नको खोजतलास भईरहेको प्रहरीले जनाएको छ । 

यस्तै पोखराका बिभिन्न २ स्थानमा भेटिएको बम डिस्पोज गरिएको छ । पोखराको पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा  भेटिएको शंकास्पद रातो बस्तुलाई भने डिस्पोजको तयारी गरिदै छ ।
त्यसैगरि पोखराको तालचोक र डाँडाको नाक चोकको बीच भागमा भेटिएको सकेट बमलाई समेत डिस्पोज गरिएको छ । हमाल  चोक नजिकै पोलमा तार बेरेर राखेको अवस्थामा भेटिएको सकेट बमलाई बिहानै डिस्पोज गरिएको हो । 
पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणका २ वटा  डिस्पोजल टोलीले बम डिस्पोज गरेका हुन् ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (मंगलबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् । 
यसअघी सोमबार साँझ करिब ५ः३० बजेको समयमा पोखराको सिद्धार्थचोक र चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारको सडकमै शंकास्पद बस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोलीले साँझ करिब सभा ७ बजे नै शंकास्पद बस्तु डिस्पोज गरेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *