Sunday, June 9, 2019

खगेन्द्र पराजुली
कावासोती, २६ जेठ
नवलपुरको मध्यबिन्दुमा वस अनियन्त्रित भई घरभित्र पसेको छ । भ्यालवास चोरमारा रुटमा चल्ने ना २ ख ९०२६ नम्वरको वस मध्यबिन्दु नगरपालिकाको कार्यालय नजिकै रहेको घरमा पसेको हो । 

घरमा पस्दा वाहिर बेञ्चमा वसिरहेको ५ जना महिला घाइते भएका छन् । मध्यबिन्दु ७ मा भएको घटनामा सोही ठेगानाकी बर्ष ३० की देउमाया आले, वर्ष २३ की भीमा आले, वर्ष ६२ की साबित्री घर्ती, सरिमा सोती मगर र आइतीसरी मगर घाइते भएका छन् । 
वसले ठक्कर दिएको घर तोस बहादुर आलेको रहेको प्रहरीले जनाएको छ । बस चालक र सवारी साधन दुबै अहिले चोरमारा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । 
घटनाको थप बिबरण र घटनाका सम्वन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *