खगेन्द्र पराजुली
देबचुली, २७ जेठ
यस वषको मौषम त्यसमा पनि हावा सहितको उग्र हुरीका कारण जनजीवन त्रसित हुनुका साथै प्रभाबित समेत बनेको छ । पूर्बी नवलपरासीमा हिजो दिउँसो आएको हुरीले पहाडी गाउँपालिका बुलिङटारमा ३ वटा घर, एक बिद्यालय र ४० चौपायामा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयोे ।
वहाँले दिनुभएको जानकारी अनुसार बुलिङटार ४ चुलीबोझाका किसानले जंगलमा चराउन लगेका बाख्रा फर्काएर घरतर्फ ल्याउँदै गर्दा बाटोमै अचानक भेटेको हुरीले भीरवाट लडाउँदा ४० वाख्रा मरेका छन् भने बुलिङटार वडा नम्वर ४ मा १ घर, वडा नम्वर ५ मा २ घर र ५ कै शिशु आश्रम बिद्यालयको जस्तापाता हुरीले उडाउँदा क्षति भएको जनाउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment