खगेन्द्र पराजुली
देबचुली, २७ जेठ
देवचुलीका हुरी पिडितलाई राहत बितरण गरिएको छ । आज देबचुली नगरपालिकाको मेयर बिपद् ब्यवस्थापन कोषमा जम्मा भएको १० लाख ७१ हजार रुपैया पिडितलाई प्रदान गरिएको हो ।
देबचुली नगरपालिका वडा नम्वर ६, ७ र ८ का आंशिक हुरी पिडितलाई कोषमा जम्मा भएको रकमवाट क्षतिको प्रकृति अनुसार क्षतिको मुल्यांकन गरिएको रकमको ४० प्रतिसत राहत प्रदान गरिएको देबचुली नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख जिबलाल श्रेष्ठले जानकारी गराउनुभयो ।
वहाँले अहिले क्षतिको बिवरणका आधारमा प्रति एक घरलाई एक हजार देखि १० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरेको वताउँदै यो राहत नितान्त घरमा भएको भौतिक क्षति जस्तै केही टिनका पाता च्यातिएर, उडाएर, आंशिक मात्रामा भित्ता वा गारोहरु पल्टेर, ढलेर बस्नलाई असहज भएका प्रभावितलाई बितरण गरिएको वताउनुभयो । शाखा प्रमुख श्रेष्ठले पूर्ण क्षति भएका घर, ब्यवसायिक कुखुरा पालन गरेका ब्यवसायिको खोरमा भएको क्षति, गोठ, बालीनालीमा भएको नोक्सानी, बिद्यालय एवं संघसंस्थामा भएको क्षति लगायतका पिडितलाई यो राहतमा समावेश नगरिएको जानकारी दिनुभयो ।
आज बितरित राहत अन्तर्गत सबैभन्दा धेरै असर परेको ७ नम्वर वडाका १५९ आंशिक घरमध्ये १४१ उपस्थित भएकालाई प्रदान गरिएको थियो भने वडा नम्वर ६ का पिडित २८ घरधुरी सबैले राहत ग्रहण गरेका छन् । त्यस्तै वडा नम्वर ८ मा ३७ घर प्रभावित भएकोमा ३६ जनाले राहत रकम बुझेका थिए । वडा नम्वर ९ मा भने क्षतिको बिबरणमा पुनराबृति गर्नुपर्ने कारण देखाउँदै अहिलेको राहत बितरण नगरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
गत जेठ ७ र ८ गते आएको भिषण हावाहुरीका कारण देबचुलीमा ठूलै मात्रामा भौतिक क्षति भएको थियो । हुरीले पूर्ण रुपमा क्षति बनाएका ३२ घरधुरीलाई राहत अन्तर्गत पहिलो चरणमा प्रति एक घर २० पाता जस्ता र २० हजार नगद, त्यसपछि जिल्ला बिपद् ब्यवस्थापन कोष नवलपुरबाट प्रति परिवार ५ हजारका दरले राहत प्रदान भैसकेको छ भने हात्तिखोरबाट परिचालित २५ जना नेपाली सेनाको टोलीले नियमिति ४ दिनसम्म खटिई बस्नै नमिल्ने घरको पुननिर्माणमा सहयोग पुर्याएका थिए ।
आज बितरित राहत रकम अमेरिका र क्यानडामा रहने ५८ जना नेपाली नागरीकले कोषमा जम्मा गरेको ४ लाख ७४ हजार २ सय २० रुपैया र साँसद डा. शंशाक कोईरालाको २ लाख , सुमी डिष्टिलरीका कर्मा घलेबाट १ लाख, कृष्ण गौतमबाट ५० हजार, नवलपुर क्रसर उद्योग ब्यवसायी संघबाट २ लाख, देबचुली उद्योग बाणिज्य संघबाट ५१ हजार र देबचुली १ निवासी हाल अमेरिका बस्ने किशोर खड्कावाट प्राप्त हुन आएको २५ हजार ५ रुपैया मध्येबाट १० लाख ७१ हजार मात्र बितरण गरिएको जनाइएको छ ।
admin




0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment