Monday, June 10, 2019

खगेन्द्र पराजुली 
२७ जेठ, दलदले
दलदले चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक  घाइते भएका छन् । पश्चिमवाट पूर्व जादै गरेको ना ७ ख ४६५० नम्वरको ट्रकले सोही दिशाबाटै जादै गरेको ना २२ प ९३७३ नम्वरको मोटरसाइकललाई सोमवार अहिले भर्खर करीव सवा आठ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ । 

ठक्करवाट मोटरसाइकल चालक देबचुली ५ का नारायण काफ्ले सामान्य घाइते भएको नवलपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मोटरसाइकल चालक काफ्लेलाई उपचारका लागी नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पुर्याइएको छ भने दुबै सवारी साधन र ट्रक चालक दलदले अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *