Tuesday, June 11, 2019

खगेन्द्र पराजुली
कावासोती, जेठ २८
कान्छो जिल्ला भनेर चिनिने नवलपुर जिल्लालाई नमूना जिल्लाका रुपमा र सदरमुकामलाई समेत नमूना सदरमुकामका रुपमा स्थापित गराउन प्रशासनका तर्फवाट भूमिका निर्वाह गर्ने नवनियुक्त प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले प्रतिवद्धता ब्यक्त गर्नुभयो । आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा वहाँले जिल्लामा सुशासन कायम गर्न पनि सञ्चार जगतसँग समन्वय गर्दै अगाडी वढ्ने बताउनुभयो । 

हिजो सोमबारवाट नवलपुरमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी कार्कीले नवलपुरको समग्र बस्तुस्थितिको बारेमा सुझाव सहित जानकारी लिन गरिएको भेटघाटमा आफू पनि मिडियामैत्री रहेको भन्दै नागरीक तथा सेवाग्राहीका हितमा छिटो र छरितो रुपमा सहजताका साथ सेवा प्रदान गरी सोको सुचना सम्प्रेषणमा समेत सञ्चारकर्मीहरुसँग निकटतम समन्वय स्थापित गर्ने समेत बताउनुभयो । 
पत्रकारहरुले भेटघाटका क्रममा वजार लगायत सरोकार सम्वद्ध क्षेत्रमा प्रतिफलमूलक अनुगमन, जिल्लालाई हर हालतमा शान्ति सहित शुसासन कायम गर्न प्रशासनले महत्वपूर्ण रुपमा भूमिका निर्वाह गर्न अनुरोध सहित सुझाव दिएका थिए । 
पत्रकार–प्रशासन परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाट, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, प्रेस संगठन नवलपुरका सागर पोख्रेल , अर्जुन अबिरल लगायत सञ्चारक्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको भूमिका प्रबेशमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द भुसालले सहजीकरण गर्नुभएको थियो । 

यसअघिका  प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल नेपाल सरकारको गृह मन्त्रालयमा उप सचिवका रुपमा सरुवा हुनुभएको छ भने नव नियुक्त प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की उदयपुर जिल्ला प्रशासन कार्यालयबाट सरुवा भै आउनुभएको हो । कार्की नवलपुर जिल्ला बनेपछिको चौथो प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । 

  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *