खगेन्द्र पराजुली
कावासोती, जेठ २८
नवलपुरमा एक निर्वाचन क्षेत्र एक प्राबिधिक तथा ब्यवसायिक शिक्षालय सम्भाब्यता सम्वन्धि सुझाव संकलन भएको छ । गण्डकी प्रदेशको सम्भाब्यता अध्ययन कार्यदलले आज नवलपुरमा छुट्टाछुट्टै २ वटा कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो ।
पहिलो चरणको सुझाव संकलन नवलपुर शिक्षा बिकास तथा समन्वय इकाई का प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षतामा सरोकारवालाहरुसँग गरिएको थियो ।
उक्त कार्यक्रममा ४५ जना सरोकारवालाहरुको सहभागीता रहेको थियो भने दोस्रो चरणको सुझाव संकलन जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगरपालिकाका मेयर गाउँपालिकाका अध्यक्ष, बिभिन्न वडाका वडाध्यक्ष, नगर तथा गाउँ शिक्षा शाखाका प्रमुखको सहभागिता रहेको थियो ।
सुझाव संकलनका लागी सम्भाब्यता अध्ययन कार्यदलका प्रमुख भोजराज न्यौपाने र सदस्य डा. रामजी शर्मा उपस्थित हुनुभएको थियो । कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment