खगेन्द्र पराजुली
१४ असार, देबचुली
स्वास्थ्यसँग सम्वन्धित फारम तथा कागजीय एवं बिद्युतीय अभिलेखीकरणलाई एकरुपता ल्याउने उदेश्यले आयोजित कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालको समेत उपस्थिति रहेको थियो ।
अन्तरक्रियात्मक तथा साझा सिकाईका रुपमा गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख खेम केसी, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका प्रमुख एवं मेडिकल अधिकृत डा. त्रिभुवन भण्डारी, देवचुली नगर स्वास्थ्य शाखा संयोजक शिव पराजुली लगायत नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका ३४ जना स्वास्थ्यकर्मीहरुको सहभागितामा अन्तक्रियात्मक तालिम गरिएको शाखा संयोजक पराजुलीले बताउनुभयो ।
देबचुली नगरपालिकाभित्र ३ वटा स्वास्थ्य चौकी, १ प्राथमिक स्वास्थ्य केन्द्र र १ शहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेका छन् ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment