खगेन्द्र पराजुली
१४ असार, देबचुली
देबचुली नगरपालिका वडा नम्वर १४ मा चालु आर्थिक वर्षका १६ वटा योजनामध्ये १५ वटा योजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७५–०७६ मा वडामा परेका योजनामध्ये एउटा बिपद् ब्यवस्थापन अन्तर्गतको बजेट समेत उपयोगमा आउने वडा नम्वर १४ का वडाध्यक्ष हेमराज दवाडीले बताउनुभयो ।
वडाध्यक्ष दवाडीले कैलाश मन्दिर कम्पाउण्ड निर्माण, अपाङ्गता सिपमूलक क्षमता बिकास तथा सामाग्री बितरण, कृषि बिउ बितरण तथा अर्गानिक खेती सम्वन्धि क्षमता तालिम र उत्कृष्ट किसानलाई प्रोत्साहन कार्यक्रम, गाउँघर क्लिनिक भवनको स्तरोन्नति, जनज्योति सिचाई डिप बोरिङ् पाइपलाईन बिस्तार, ज्येष्ठ नागरिक धार्मिक अवलोकन भ्रमण, नगरपालिका रोड नगरपालिकावाट पश्चिम १० नम्वर वडा सिमानासम्मको बाटो स्तरोन्नति, नारायणी मध्यवर्ती सामुदायिक बन ३६ घरेमा मेस–जाली तथा बिरुवा बितरण, पशुगोठ मर्मत सुधार तथा पशु स्वास्थ्य शिबिर, बाल्मिकी प्राविको भवन बिस्तार, महिलालाई सीपमूलक तालिम तथा समावेशी बालवालिकालाई अभिमुखीकरण तालिम तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति, युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत जनज्योति नमूना खेलमैदान स्तरोन्नति, लालीगुराँस सिंचाई डिप बोरिङ पाइप लाइन बिस्तार, बिद्युत पोल बिस्तार र रिङ रोड हाई–वेबाट गोपीचोक हुदै नवल वोर्डिङ् देखि पश्चिम वडा नम्वर १५ सिमानासम्मको बाटो स्तरोन्नति कार्य सम्पन्न भएको वताउनुभयो ।
वडाध्यक्ष दवाडीेका अनुसार १४ नम्वर वडामा मात्र चालु आर्थिक वर्षमा रहेको बिपद् ब्यवस्थापनको एक लाख रुपैंया गत जेठमा आएको हावाहुरीले टोलमा पारेको क्षतिमा खर्च गरिने बताउनुभयो । यस बर्षको हावाहुरीले वडामा ८ वटा घरमा सामान्य क्षति भएको वडाध्यक्ष दवाडीले वताउनुभएको हो ।
चालु आर्थिक वर्षमा वडामा बिनियोजन भएको ४८ लाख रुपैया बजेटबाट १६ वटा योजना सञ्चालन भएको वताउँदै नगरपालिकाबाट १० लाख रुपैंया र पुनः नगरवाटै आन्तरीक ५ लाख रुपैंया गरी १५ लाख रुपैयामा जन ज्योति नमूना माबिको २ कोठे भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष हेमराज दवाडीले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment