खगेन्द्र पराजुली
कावासोती, १३ असार
कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेल र देवचुली १२ लक्ष्मीपुरका अनुज भुर्तेलले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् ।
प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको समता स्कुलका प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिनुभयो ।
प्रतिभा आफूले गर्न चाहेको कुरा गरिछाड्ने र चन्चले स्वभावकी रहेको आमा यमकला भुर्तेलले बताउँदै उहाँले हर्षित मुद्रामा छोरीले दिएको यो खुसी संसारकै ठूलो खुसी महशुस गरेको सुनाउनुभयो ।
प्रतिभाले सोचेअनुसारको नतिजा आएको बताउँदै भविष्यमा डाक्टर बन्ने चाहना रहेको वताउनुभयो ।
त्यस्तै, देबचुली १२ लक्ष्मीपुरका अनुज भुर्तेलले उत्कृष्ट ४ जीपीए ल्याउन सफल हुनुभएको छ ।
काठमाण्डौको लोयल्टी एकेडेमीवाट एसईई परीक्षा दिनुभएका अनुज नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । अनुज सानैदेखि जिज्ञासु स्वभावको रहेको र कहिल्यै पनि दोस्रो नभएको वुवा रामप्रसाद भुर्तेलले वताउनुभयो ।
भबिष्यमा डाक्टर बन्ने लक्ष्य रहेको सुनाउँदै अनुजले अध्ययन अवधि समाप्त पछि बिदेश मोह नराखी स्वदेसमै बसेर केही समाजसेवाका काम गर्ने इच्छा रहेको वताउनुभयो । वहाँले बिशेष गरी देबचुलीलाई नै आधार वनाउने बताउनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment