Friday, June 28, 2019

खगेन्द्र पराजुली
कावासोती, १३, असार
देबचुली नगरपालिका वडा नम्वर १० मा चालु आर्थिक वर्षका १३ वटा योजनामध्ये ९ वटा योजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७५–०७६ मा वडामा परेका योजनामध्ये ४ वटा योजना भने सुचारु रहेको वडा नम्वर १० का वडाध्यक्ष केशर वहादुर आलेले बताउनुभयो ।
file photo

वडाध्यक्ष आलेले गणेश मन्दिरदेखि पृथ्वीनगर चोकसम्मको ५ सय मिटर अधुरो रहेको वाटो कालोपत्रे, भगवती मन्दिरदेखि जनज्योति मार्गसम्मको बाटो ग्राभेल तथा पूर्वाधार निर्माण, धौलागिरी टोल–प्रकृतिटोल–पृथ्वीनगर पश्चिम टोल हुदै लोकाहा महाराजा मन्दिर जाने बाटो ग्राभेल, महिला तथा बालबालिकाहरुका लागी तालिम तथा खेलकुद सामाग्री बितरण, सुनौला हजार दिनका आमाहरुका लागी तालिम तथा बच्चाका लागी पोषण कार्यक्रम, अपाङ्गका लागी बिउपूँजी बितरण, जलुके घुमाउरे जल उपभोक्ता नहर ४ सय मिटर पक्की बिस्तार, गाउँघर क्लिनिक गेट कम्पाउण्ड निर्माण र नवनेपाल आधारभूत बिद्यालयमा जिप्सन लगाउने कार्य सम्पन्न भएको वताउनुभयो । 
वडाध्यक्ष आलेका अनुसार वडाभित्र संचालित योजनामा भगवती टोलको ५ सय मिटर सडक कालोपत्रे, मिलन मार्गको कालोपत्रे भएको वाटो मर्मत सुधार, पृथ्वी माबिको स्टेज निर्माण  तथा जनकल्याण, धौलागिरी, एकता र भगवती गरी ४ वटा सिचाईका डिप बोरिङ्को मर्मत कार्य सुचारु अवस्थामा रहेको जनाउनुभयो । 
चालु आर्थिक वर्षमा वडामा बिनियोजन भएको ४८ लाख रुपैया बजेट त्यसपछि नगरको १८ लाख र पुनः नगरपालिकावाट प्राप्त १२ लाख ५० हजारको लगानीमा योजना सञ्चालन भएको वताउँदै सम्पन्न भई नसकेका योजनाहरु असार २० गतेभित्र सकिने बताउनुभयो । 
यस्तै वडाध्यक्ष आलेले नगरपालिकामा आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको २७ लाख मध्ये वडा नम्वर १० मा परेको ५ लाख रुपैयाले वडाका २ वटा योजनामा ४० जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराई  काम चलिरहेको उल्लेख गर्नुभएको छ । वहाँका अनुसार महाराजा सामुदायिक बन र वडा नम्वर १० को सिमानामा बस्तीमा बन्यजन्तु नियन्त्रणका लागी तोस निर्माण कार्य र जलुके घुमाउरे नहर पक्कीको कार्य चलेको छ । वडा नम्वर १० मा संचालित प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत २ वटा योजनामा सहभागीका लागी प्रतिदिन प्रतिब्यक्ति  ५ सय २५ रुपैया पारिश्रमिक उपलब्ध गराईने गरी काममा खटाईएको वडाध्यक्ष आलेले बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *