Thursday, June 27, 2019

खगेन्द्र पराजुली
कावासोती, १२ असार
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पर्सी १४ गते हुने निर्वाचनको प्रचार प्रसार अभियान भोली बिहान ७ बजेदेखि सकिदैछ । असार १४ गते हुने निर्वाचनमा खानेपानीको नेतृत्व आफ्नो पक्षमा ल्याउन नेकपा एक्लै मैदानमा उत्रिएको छ भने नेपाली कंग्रेस र समाजवादी पार्टी संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । 
नेकपा प्यानलको नेतृत्व अध्यक्ष पदका उम्मेदवार भीमलाल कण्डेलले गर्नुभएको छ भने लोकतान्त्रिक प्यानलको नेतृत्व शिवप्रसाद भटराईले गर्नुभएको छ । 
स्थानीय निर्वाचनकै झल्को दिने गरी भएका चुनावी प्रचा प्रसार अभियानले फेरी एकपटक कावासोतीको स्थानीय राजनितिमा सरोकार राख्नेहरुको ध्यान खिचिएको छ । आजसम्म दुबै पक्षले आ आफूलाई नै यहाँको असली बिकासप्रेमी भएको दाबी गर्दै आम उपभोक्ताका घर घरमा पुगेर मत मागेका थिए । 



कावासोती खानेपानी संस्था बिगतदेखि नै कम्युनिष्ट पक्षधर प्रगतिशीलहरुको बर्चश्व रहेको संस्थाको रुपमा चिनिन्छ त्यसैले पनि अहिले नेपाली कंग्रेस लगायत समाजवादी पार्टीको संयुक्त गठबन्धनले कम्युनिष्टको शक्तिलाई धक्का दिन कस्सिएको छ । 


१४ गते शनिवार हुने चुनावका लागी शिव माबि, शहिद स्मृति माबि र ज्ञानोदय माबि गरी ३ स्थानमा मतदान केन्द्र तोकिएको छ । मतदानमा आफ्नो अधिकार प्रयोग गर्न स्वयं धारा रहेका उपभोक्ताले खानेपानी कार्यालयले उपलब्ध गराएको परिचयपत्र लिएर उपस्थित हुनुपर्ने जनाईएको छ । त्यस्तै भोली बिहान ७ वजेदेखि मौन अवधि लागु हुनेछ । यस अवधिमा प्रचारप्रसारका गतिबिधिहरु नगरी निर्बाचनको आचार संहिता पालना गर्न निर्वाचन समितिले दुबै पक्षलाई आग्रह गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *