खगेन्द्र पराजुली
देबचुली, १२ जेठ
देवचुली नगरपालिकाको रजहर स्थित वडा नम्वर १७ लाई बातावरणमैत्री वडा बनाउने अभियान अन्तर्गत बिरुवा बितरण तथा फोहोरमैला ब्यवस्थापन तालिम सञ्चालन गरिएको छ । चालु आर्थिक बर्ष ०७५–०७६ को बातावरण र फोहोरमैला ब्यवस्थापन कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको वडाध्यक्ष बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।
आज वडाभित्रका १ हजार ७ सय घरधुरीलाई वडाध्यक्ष आचार्यले निम, लिची र आँपका बिरुवा बितरण गर्नुभएको हो । ३ हजार ५० बिरुवा ल्याएकोमा वडाभित्र सरदरमा प्रतिघर २ वटा बिरुवा बितरण गरिएको जनाईएको छ । बजार क्षेत्रमा बिरुवा लगाउने ठाउँ नभएका र केही जग्गा तथा घडेरीमा घरहरु नभएकाले त्यस्ता ठाउँमा स्थानीयले नै बिरुवा नलगेकाले प्रति घरधुरी २ वटाका दरले बिरुवा बितरण गरिएको वडाध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।
यसैबीच वडामा २ दिने फोहोरमैला ब्यवस्थापन तालिमको उद्घाटन भएको छ । कार्यक्रममा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षकका रुपमा रहनुभएका बद्री सापकोटाले सहजीकरण गर्नुभएको छ ।
तालिममा वडाभित्र रहेका १२ वटा टोल बिकास समिति र १४ वटा आमा समुहबाट २–२ जना सहित ५२ जना सहभागीहरु रहेको जनाईएको छ । रजहर खानेपानी संस्थाको सभाहलमा सञ्चालित तालिमका सहभागीहरुलाई भोली समापन कार्यक्रममा १–१ वटा ठूलो वकेट डस्टबिन, झाँडु र ड्रम बितरण गरी प्रत्येक टोलमा राखिने जनाईएको छ ।
बिरुवा बितरण तालिम तथा सामाग्री बितरण कार्यक्रम वडाको चालु आर्थिक वर्षको बातावरण र फोहोर मैला ब्यवस्थापन शिर्षकको ५ लाख रुपैया वजेटबाट गरिएको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment