Thursday, June 27, 2019

१२ असार, काठमाडौं । 
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

बोर्डका अनुसार एसईईको नतिजा हेर्न मोबाइल फोनबाट सिम्बोल नम्बर टाइप गरेर एसएमएस गर्दा आउने व्यवस्था मिलाइएको छ । यसका लागि ३१००३, ३१००७, ३४९४९, ३५००१ र १६०० मा एसएमएस पठाउनुपर्नेछ ।


यसका अतिरिक्त शिक्षा मन्त्रालयको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय, अनलाइन खबर, इडीयू सञ्जाल, नेपाल टेलिकम, एनसेल र कान्तिपुर पब्लिकेसनको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *