कावासोती
१ असार
क्रान्तिकारी पत्रकार महासंघद्धारा नवलपुर शाखामा तालावन्दी गरेको छ । नेपाल पत्रकार महासघ नवलपुर शाखाले नयाँ सदस्यताका लागी चार हजार रुपैया शुल्क लिने निर्णय गरेको भन्दै क्रान्तिकारी पत्रकार नवलपुरले शाखा कार्यालयमा तालावन्दी गरेको क्रान्तिकारी पत्रकार नवलपुर शाखाका अध्यक्ष लोकनाथ पंगेनीले जानकारी दिनुभयो ।
क्रान्तिकारी पत्रकार नवलपुरले महासघले तोकेको शुल्कमा नयाँ सदस्यताको फम भरेकाहरुलाई २ हजारमा नै सदस्यता दिनुपर्ने माग गर्दे शुक्रवार प्रेस विज्ञप्ती जारी गरेको थियो ।
महासघले नयाँ सदस्यताको मुल्य धेरै लिएको भन्दै जिल्लाका विभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुले सामाजीक संजालमा समेत विरोध जनाउदै आएका छन् ।
महासंघले नवलपुरमा सधैं पत्रकारहरुको हकहितको पक्षमा वकालत गर्ने कुरा गर्ने तर व्यवहारमा नउतार्ने, दलबल र संख्याको आधारमा अन्य संगठनको अस्तित्वलाई अस्वीकार गर्ने लगायतका गतिविधि गर्ने गरेको भन्दै पे्रस विज्ञप्ति मार्फत सार्वजनिक रुपमै महासंघको सदस्यता शुल्क रकम, नयाँ सदस्यताको प्रक्रिया र सदस्य शुद्धिकरणको विषयलाई उठान गरेको तर महासंघबाट कुनै पहलकदमी नभएपछि तालाबन्दीसम्म जानु परेको जनाएको छ ।
महासंघको नयाँ सदस्यताको लागि लिने भनिएको शुल्क चार हजार रुपैयाँले महासंघमा श्रमजीवि पत्रकारहरुलाई प्रवेशमा निषेध गर्ने गरी आएको भन्दै यसलाई घटाएर अन्य जिल्लाहरुमा जस्तै बढीमा दुई हजार वा सो भन्दा कम गर्न माग गरेको छ । साथै नेपाल पत्रकार महासंघ नवलपुरलाई शुद्धिकरण नगरी नयाँ सदस्यताको नाममा गैर पत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवि पत्रकारहरुलाई महासंघको सदस्य लिनबाट बञ्चित हुने गरी आएको योजना विरुद्ध आन्दोलन गर्नु परेको क्रान्तिकारी पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष पंगेनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment