खगेन्द्र पराजुली
प्रगतिनगर, ३२ जेठ
भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा सञ्चालित ६ दिने सहकारी लेखा बित्तिय विश्लेषण कार्यक्रम आज देबचुलीमा समापन भएको छ । देबचुली स्थित प्रगतिनगरमा रहेको नवप्रगति वचत तथा ऋण सहकारी सस्थामा तालिमको समापन भएको हो ।
समापन कार्यक्रमको अध्यक्षता भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत सन्तोस पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथीका रुपमा नवलपरासी वचत तथा ऋण सहकारि सँघका सचिव होमनाथ जैसीले रहनुभएको थियोे ।
कार्यक्रममा नवप्रगति साकोसका अध्यक्ष मान सिं खत्री र नवलपरासी सहकारी समाजका अध्यक्ष नरभुपाल भुसालले सहकारीको बिकास, नीति तथा कार्यबिधिका बिषयमा बोल्नुभएको थियो ।
वहाँहरुले सहकारीमा युवाको भुमिकाको बिषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा अधिकृत पौडेलले यस्ता कार्यक्रम सहकारीले माग गरेमा सँधै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रम भुमि ब्यवस्था कृषि तथा सहकारि मन्त्रालयका अधिकृत भुपेन्द्र थापाले सञ्चालन गर्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment